विजय कुमार शाहको परिवारद्वारा ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’लाई चार करोड सहयोगको प्रतिबद्धता

विजय कुमार शाहको परिवारद्वारा ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’लाई चार करोड सहयोगको प्रतिबद्धता

काठमाडौं : विजय कुमार शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच)को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पीएसआईसीयू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि चार करोड रुपैयाँ सहयोग प्रतिबद्धता जनाएको छ।

शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्नेछ। जसका माध्यमबाट विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरूको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सकिनेछ।

शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पीएसआईसीयू र डे केयर सर्जरी शाखाको तलालाई रुस्लान पिएसआइसियू नामाकरण गरिनेछ।

२०८१ भदौ १३ गते, शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआईओसीएचलाई प्रदान गरिसकेको छ। जसका माध्यमबाट यस अभियानमा शाह परिवारको गहिरो चासो, योगदान र संलग्नता प्रष्ट भएको छ।

गैर नाफामूलक संस्था जेजीआई नेपाल फाउण्डेसनले यस सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरिरहेको छ। यद्यपी, यो सहयोग शाह परिवारको निजी पुँजीबाट प्रदान गरिएको हो।

कुल सहयोग प्रतिबद्धतामध्ये बाँकी तीन करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रूपमा प्रदान गरिनेछ।

असोज १४, २०८१ मंगलबार ११:५७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।