नेपाल-इटाली व्यापार प्रवर्द्धनमा नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र इटालियन महावाणिज्यदूतबीच छलफल

नेपाल-इटाली व्यापार प्रवर्द्धनमा नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र इटालियन महावाणिज्यदूतबीच छलफल

काठमाडौं : नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड एन्डस्ट्री (एनआईसीसीआई)ले कोलकाताका लागि इटालीका महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टासँग द्विपक्षीय वार्ता गरेको छ।

बैठकमा एनआईसीसीआईका अध्यक्ष संजय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ महावाणिज्यदूत प्रतिमा पाण्डे पनि उपस्थित थिए।

बैठकमा नेपाल र इटालीबीच विशेष गरी उत्पादन, कृषि, पर्यटन र प्रविधि जस्ता क्षेत्रमा व्यापार वृद्धिको लागि जोड दिइएको थियो।

एनआईसीसीआई बोर्ड र महावाणिज्यदूतले आगामी व्यापार मेलाहरू र व्यावसायिक भेटघाटहरूको योजना पनि छलफल भएको थियो।

दुवै पक्षले नेपाल र इटालीबीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन र व्यापारिक वृद्धि प्रवर्द्धन गर्न प्रतिबद्धता व्यक्त गरे।

असोज १५, २०८१ मंगलबार ११:५१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।