किशनलाल दुगड भारतको ‘जैन समाज रत्न’बाट सम्मानित
काठमाडौं : केएल दुगड समूहका अध्यक्ष तथा समाजसेवी किशनलाल दुगडलाई भारत जैन महामण्डलले ‘जैन समाज रत्न’ पुरस्कारबाट सम्मानित गरेको छ।
भारतको मुम्बईमा भएको एक कार्यक्रममा भारतको लोकसभाका सभामुख ओम बिरलाले किशनलाललाई उक्त सम्मान प्रदान गरेका हुन्।
यस किसिमको सम्मान प्राप्त गर्ने दुगड पहिलो र एक मात्र नेपाली हुन्। कार्यक्रममा सभामुख, प्रधानन्यायाधीश धनन्जय चन्द्रचुड लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
जैन समाज रत्न पुरस्कार समाजको उत्थान, विशेष गरी जैन समुदायभित्र सामाजिक सेवाको क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने व्यक्तिहरूलाई दिइन्छ।
सन् १८९९ मा स्थापना भएको भारत जैन महामण्डलले जैन समुदायलाई सामाजिक सेवाका लागि एकजुट गर्ने लक्ष्य राखेको छ।
असोज १५, २०८१ मंगलबार ११:४१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।