भृकुटीमण्डपबाट सबैभन्दा ठूलो पल्सर ‘बजाज पल्सर एन एस् ४०० जेड’को डेलिभरी शुरु

भृकुटीमण्डपबाट सबैभन्दा ठूलो पल्सर ‘बजाज पल्सर एन एस् ४०० जेड’को डेलिभरी शुरु

काठमाडौं : नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर बाइक ‘बजाज पल्सर एन एस् ४०० जेड’को डेलिभरी भृकुटीमण्डपबाट शुरु गरेको छ।

नाडा अटो शोबाट ‘एन एस् ४०० जेड’ बुकिङ गर्ने ग्राहकहरूलाई ४० वटा मोटरसाइकल डेलिभरी गर्दै यसको शुरूवात गरिएको छ। अहिलेसम्मकै ठूलो पल्सर ‘एन एस् ४०० जेड’ले शक्ति, प्रविधि, र डिजाइनको समिश्रणबाट स्पोर्ट्स मोटरसाइकल सेगमेन्टलाई नयाँ उचाइमा पुर्याउने कम्पनीको विश्वास छ।

३७३ सीसीको सिगंल-सिलिन्डर, लिक्विड-कुल्ड इन्जिन भएको बाइकले ३९.४ बीएचपी र ३५ एनएम टर्क उत्पादन गर्दछ। यो ६-स्पीड गियरबक्ससँग जोडिएको छ, जसमा स्लिप र असिस्ट क्लच सुविधा रहेको छ। मोटरसाइकलमा सटिक थ्रोटल रेस्पोन्स र इन्धन दक्षताका लागि राइड-बाइ-वायर प्रविधि पनि समावेश गरिएको छ।

भृकुटीमण्डपमा आयोजित ‘ग्रान्ड कार्निभल- द बिगेस्ट एक्सचेन्ज क्याम्प’मा गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले सबैभन्दा ठूलो पल्सरको डेलिभरी गर्न पाउँदा खुसी लागेको बताउँदै दशैं र तिहारको बीचमा बाँकी बाइक डेलिभरी गर्ने जानकारी दिए।

फिचरको कुरा गर्दा, पल्सर एन एस् ४०० जेड अहिलेसम्मकै सबैभन्दा एडभान्सड पल्सर हो। यसमा रोड, रेन, स्पोर्ट, र अफ-रोड गरी चारवटा राइडिङ मोडहरु छन,् साथै स्विच गर्न मिल्ने ट्राक्सन कन्ट्रोल र डुअल-च्यानल एबिएस् रहेको छ, जसले सबै प्रकारका सडकमा उच्च सुरक्षा प्रदान गर्दछ।

यस मोटरसाइकलमा फुल कलर एलसिडि स्क्रिन रहेको छ, जसमा ब्लुटुथ कनेक्सनको सुविधा उपलब्ध छ, जसले टर्न-बाइ-टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, र अन्य राइड सम्बन्धित आवश्यक जानकारी प्रदान गर्दछ।

मस्कुलर र एरोडाइनामिक डिजाइनको साथमा, एन एस् ४०० जेडमा चिजल्ड फ्यलु ट्याङ्क, शार्प ट्याङ्क एक्सटेन्सनस, आरामदायी स्प्लिट सिट सेटअप, र स्टाइलिस १७-इन्च अलोय व्हील्स रहेका छन्।

यस मोटरसाइकलको इन्धन ट्याङ्क क्षमता १२ लिटर छ र सीटको उचाइ ८०७ मिमी रहेको छ, जसले नजिक तथा लामो दुरीको यात्रामा पनि सहजता र स्थिरता प्रदान गर्ने कम्पनीको दाबी छ।

यसको मूल्य नेपालमा पाँच लाख ५९ हजार नौ सय रुपैयाँ रहेको छ।

असोज १४, २०८१ मंगलबार ११:३६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।