आफ्नै रिभल्भरले गोविन्दाको खुट्टामा गोली लाग्यो

आफ्नै रिभल्भरले गोविन्दाको खुट्टामा गोली लाग्यो

काठमाडौं : बलिउड अभिनेता तथा शिव सेना (शिन्दे गुट) नेता गोविन्दा खुट्टामा गोली लागेको छ।

आफ्नै रिभल्भरले उनको खुट्टामा गोली लागेको हो। घटनापछि उनलाई तत्काल अस्पताल लगिएक छ।

गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिभल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको बताइएको छ।

मुम्बईस्थित बीबीसीका सहयोगी पत्रकार मधु पालका अनुसार उनकी श्रीमती सुनिता जयपुरमा थिइन्। खबर सुन्नेबित्तिकै उनी मुम्बईका लागि नस्किएकी छन्।

गोविन्दाका प्रबन्धकले समाचार एजेन्सी एएनआईलाई भने, ‘लाइसेन्स प्राप्त रिभल्भर कभरमा राख्दै गर्दा खसेर गोली चल्यो।’

डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् भने स्वास्थ्य अवस्था सामान्य रहेको छ। यद्यपि डिस्चार्ज भने भएका छैनन्।

असोज १४, २०८१ मंगलबार १०:२१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।