दलहरू बैठकमा : एमालेले सचिवालय बैठक डाक्दा कांग्रेसले बोलायो कार्यसमिति र संसदीय दलको बैठक

दलहरू बैठकमा : एमालेले सचिवालय बैठक डाक्दा कांग्रेसले बोलायो कार्यसमिति र संसदीय दलको बैठक

काठमाडौं : सत्तारुढ दुई दल एमाले र कांग्रेसको छुट्टा-छुट्टै बैठक बस्दैछ।

एमालेले विहान ११ बजेका लागि पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको छ।

अमेरिका भ्रमणमा रहेक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो।

बैठकमा अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइएको छ।

त्यसैगरी कांग्रेसले संघीय संसद भवन नयाँ बानेश्वरमा कार्यसमिति र संसदीय दलको बैठक क्रमशः एक र दुई बजेका लागि बोलाएको छ।

बिहान ११ बजेका लागि बोलाइएको बेठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

असोज १४, २०८१ मंगलबार ०७:५७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।