टी२० सिरिजमा आज नेपाल र क्यानडा भिड्दै

टी२० सिरिजमा आज नेपाल र क्यानडा भिड्दै

काठमाडौं : ओमान सम्मिलित टी-२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपालले क्यानडाको सामना गर्दैछ।

क्यानडाको किंग सिटीमा खेलाइने खेल आज राति पौने १० बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ।

ओमानलाई ३७ रनले हराएको नेपाल सिरिजमा दोस्रो जित निकाल्ने दाउमा छ। उता सिरिजको तेस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको क्यानडा नेपालमाथि जित निकाल्र्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छ।

त्रिकोणात्मक सिरिजमा समान २ खेल खेलेको नेपाल एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। समान खेल र नतिजाबाट ओमान दोस्रो र क्यानडा तेस्रो स्थानमा छ। 

असोज १४, २०८१ मंगलबार ०७:४७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।