क्यानडा टी२० सिरिजमा ओमानले क्यानडालाई हरायो

क्यानडा टी२० सिरिजमा ओमानले क्यानडालाई हरायो

काठमाडौं : क्यानडामा जारी त्रिकोणात्मक सिरिजमा ओमानले क्यानडालाई पराजित गरेको छ।

पहिलो खेलमा नेपाललाई १४ रनले पराजित गरेको क्यानडा आफ्नो दोस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको हो।

टस हारेर पहिला ब्याटिङमा तानिएको क्यानडाले १९.५ ओाभरमा सबै विकेट गुमाएर मात्र १०६ रन जोड्यो। उसका लागि कप्तान निकोलस किर्तनले सर्वाधिक १८ रन बनाउँदा साद बिन जफरले १५, हर्ष ठाकर र श्रेयस मोब्बाले समान १४–१४ रन बनाए।

ओमानका कप्तान आकिल इलियास, कलीमुल्लाह र फयाज बटले समान दुई–दुई विकेट लिँदा जिसान मक्सुद, रफिउल्लाह र सकील अहमदले एक–एक विकेट लिए।

जवाफी लक्ष्य पछ्याएको ओमानले १५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि कप्तान अकिब इलियासले ५३ रनको अर्धशतकीय पारी खेल्दा कश्यप प्रजापति १३ रनमा आउट भए। सोयब खान ३० र जिसान मक्सुद २ रनमा नटआउट रहे।

क्यानडाका डिलोन हेलिगरले एक विकेट लिए।

सिरिज अन्तर्गत आज राति पौने १० बजे नेपाल र क्यानडा भिड्दैछन्। नेपाल आफ्नो पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित हुँदा दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो।

असोज १४, २०८१ मंगलबार ०७:४३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।