क्षतिग्रस्त सडक र पुल बनाउन दुई अर्ब ५० करोड लाग्ने

क्षतिग्रस्त सडक र पुल बनाउन दुई अर्ब ५० करोड लाग्ने

काठमाडौँ : निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोबाट क्षति पुगेको सडक र पुल बनाएर सवारीसाधन सुचारु गर्न दुई अर्ब ५० करोड लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दाबी गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालका प्रेस संयोजक गोपाल झापालीले क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न सडक तथा पुल सुधार र मर्मत गर्न सो रकम लाग्ने विवरण सार्वजनिक गरेका हुन्।

मन्त्रालयका अनुसार हालसम्म यातायात अवरुद्ध रहेका राजमार्गको सङ्ख्या १४ र स्थान ४२ छन् । अरनिको राजमार्ग, बिपी राजमार्ग, कान्ति राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग, मदन भण्डारी राजमार्ग, कालिगण्डकी कोरिडोरमा अवरोध छ।

हालसम्म सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार र फोक्सिङटार र अरनिको राजमार्गको लिपिङ पुल र इलाम माइपोखरी सडकको राते खोला पुलमा क्षति पुगेको छ। लार्चा र हेवा खोलाको दुई बेलिब्रिजमा पनि क्षति पुगेको जनाइएको छ।

असोज १३, २०८१ सोमबार २२:३७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।