प्रतिलिटर एक रूपैयाँले घट्यो पेट्रोलको भाउ

प्रतिलिटर एक रूपैयाँले घट्यो पेट्रोलको भाउ

काठमाडौं : चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटाइएको हो।

आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक रूपैयाँ, डिजेलमा दुई रूपैयाँ, हवाई इन्धनमा आन्तरिकमा छ रूपैयाँ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५ रूपैयाँ, मट्टितेलमा दुई रूपैयाँ घटाइएको जनाएको छ। 

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रूपैयाँ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमले जनाएको छ। 

आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। 

असोज १३, २०८१ सोमबार २१:३७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।