बाढी-पहिरो पीडितलाई भाटभटेनीको एक करोड ११ लाख सहयोग

बाढी-पहिरो पीडितलाई भाटभटेनीको एक करोड ११ लाख सहयोग

काठमाडौँ : बाढी पीडितका राहतका लागि भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले एक करोड ११ लाख सहयोग दिने घोषणा गरेका छन्।

उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको बताएका छन्।

भाटभटेनीका सीओओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताए। 

असोज १३, २०८१ सोमबार १९:४१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।