ओली स्वदेश फर्किएपछि बस्यो मन्त्रिपरिषद् बैठक

ओली स्वदेश फर्किएपछि बस्यो मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ : संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी भएर सोमबार स्वदेश फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक राखेका छन्। विपद्को बेलामा कार्यवाहक प्रधानमन्त्री रहेकाले पनि मन्त्रिपरिषद् बैठक डाक्न सक्ने भए पनि प्रधानमन्त्री नभएको भन्दै प्रकाशमान सिंहले बैठक डाकेका थिएनन्।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। निरन्तर वर्षापछि आएको बाढी र पहिरोमा खोजी, राहत तथा उद्धारको काम प्रभावित भएपछि प्रधानमन्त्री ओलीलाई बाँकी कार्यक्रम छोट्याएर स्वदेश फर्कन सामाजिक सञ्जालबाट आग्रह गरिए पनि उनी सोमबार मात्र नियमित कार्यतालिका अनुसार स्वदेश फर्किएका हुन्।

भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान विवरण सार्वजनिक भए पनि केन्द्रदेखि स्थानीय तहसम्मै निष्क्रिय रहँदा ठूला जनधनको क्षती भएको थियो।

 

असोज १३, २०८१ सोमबार १९:२७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।