विपद्मा सरकारको भूमिका लज्जास्पद रह्यो नि भन्ने प्रश्नमा प्रधानमन्त्री 'बाढीपहिरो पूर्व सूचना दिएर आउँदैन'

विपद्मा सरकारको भूमिका लज्जास्पद रह्यो नि भन्ने प्रश्नमा प्रधानमन्त्री 'बाढीपहिरो पूर्व सूचना दिएर आउँदैन'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी भूमिका निर्वाह नगरेको भनेर विरोधका लागि विरोध मात्र गरिएको बताएका छन्। 

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले विपद्को बेला सरकारको लज्जास्पद भूमिका रह्यो भन्ने विरोध छ यसमा के भन्नु हुन्छ भनेर सोधिएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताए। 

उनले भने, ‘विरोधका लागि विरोध भइरहेको छ। सरकारले गर्न सक्नेसम्मको काम गरिरहेकै छ। तत्काल सेना प्रहरी खटाएर उद्धार गरेको छ। बाढी आउने कुरालाई रोक्न सकिँदैन। पहिरो पनि पूर्व सूचना दिएर जाँदैन। पहिरो गएपछि त क्षति पुर्याउने नै भयो।’

उनले आफू बाहिरहुँदा पनि घटनाबारे जानकारी लिई आवश्यक निर्देशन समेत दिएको दाबी गरे। अब सरकारले अझ प्रभावकारी ढंगले राहत, उद्धारको र पुनर्निर्माणको काम गर्ने विश्वास दिलाए। 

प्रधानमन्त्री ओली अमेरिकाको ११ दिने भ्रमण सकेर आज स्वदेश फर्केका हुन्।

असोज १३, २०८१ सोमबार १९:१७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।