प्रस्तावित प्रधानन्यायाधीश राउतविरूद्ध ६ वटा उजुरी, दुईजना प्रस्तावित राजदूतमाथि पनि उजुरी

प्रस्तावित प्रधानन्यायाधीश राउतविरूद्ध ६ वटा उजुरी, दुईजना प्रस्तावित राजदूतमाथि पनि उजुरी

काठमाडौं : संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ।
 
संवैधानिक परिषद्ले राउतलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेकोमा संसदीय समितिले उनीविरूद्ध उजुरी आह्वान गरेको थियो।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतको सुनुवाइ असोज १६ मा गर्ने निर्णय गरेको छ। 

समितिले भोलि उजुरीकर्तासँग छलफल गर्ने जनाएको छ। 

संवैधानिक परिषद्को भदौ ३१ को बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यस्तै, बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध दुईवटा उजुरी परेको समितिले जनाएको छ।  

असोज १३, २०८१ सोमबार १७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।