अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हदको विरोध गर्दै पूर्वमुख्यमन्त्री महराका छोराले खुकुरी देखाएपछि...

अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हदको विरोध गर्दै पूर्वमुख्यमन्त्री महराका छोराले खुकुरी देखाएपछि...

काठमाडौं : माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३ औं सम्मेलनमा कुर्सी हानाहान भएको छ।

काठमाडौंको कीर्तिपुरमा जारी सम्मेलनको बन्दसत्रमा नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने विषयमा विवादहुँदा विद्यार्थीहरूबीच कुर्सी हानाहान भएको हो।

बन्दसत्रमा उमेर हदको पक्ष र विपक्षमा चर्को बहस भएपनि यसबारे ठोस निर्णय हुन सकेको छैन। 

सम्मेलनमा एकथरी उमेर हदबन्दी लगाउने पक्षमा देखिएका छन् भने अर्कोथरी यसको विपक्षमा देखिए। नेतृत्वका लागि उमेर हद २८, ३० वा ३२ कति राख्ने भन्नेमा विवाद भएको हो। 

यसैबीच, उमेर हदको विरोध गर्दै अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष तुकमान महराले खुकुरी देखाएका थिए।

अध्यक्ष पदका लागि दाबेदार रहेका उनी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन्। उमेर हदको विषय पनि उनैले निकालेको प्रतिधिनिहरू बताउँछन्।  

यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहालले मतदानबाट उमेर हद टुंगो लगाउन निर्देशन दिएपछि बन्दसत्र सुरू भएको थियो।

तर, बन्दसत्रमा भने उमेर हदको विषयमा पक्ष विपक्षमा प्रतिनिधिहरूले सम्मेलनस्थलमा नाराबाजीसमेत गरेका छन्। 

असोज १३, २०८१ सोमबार १६:४५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।