ओली आउने भएपछि काठमाडौंमाथिको आकाशमा अन्य जहाजलाई होल्ड

ओली आउने भएपछि काठमाडौंमाथिको आकाशमा अन्य जहाजलाई होल्ड

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट स्वदेश फर्किने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ। 

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी भई भएर ओली आज अपराह्न ४ः१५ बजे विमानस्थलमा अवतरण गर्दै छन्।

ओली विमानस्थल ओर्लिने समयमा आन्तरिक तथा बाह्य दुवै उडान आधा घण्टालाई रोकिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। 

ओलीको अवतरणका लागि अहिले काठमाडौंमाथिको आकाशमा आएका अन्य जहाजलाई होल्ड गरिएको छ।

ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत छन्।

असोज १३, २०८१ सोमबार १६:२१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।