सिरियाको दुई स्थानमा अमेरिकी एयर स्ट्राइक, ३७ लडाकु मारिए

सिरियाको दुई स्थानमा अमेरिकी एयर स्ट्राइक, ३७ लडाकु मारिए

एजेन्सी : अमेरिकाले सिरियामा आईएसआईएस र अलकायदासँग सम्बद्ध लडाकु समूह रहेको स्थानमा एयर स्ट्राइक गरेको छ। यसमा ३७ लडाकु मारिएका छन्।

अमेरिकी सेनाले आइतबार सिरियामा दुई छुट्टाछुट्टै दिनमा कारबाही गरेको बताएको छ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार सेप्टेम्बर १६ मा मध्य सिरियामा रहेको आईएसआईएस तालिम केन्द्रमा हवाई हमला गरिएको थियो। यसमा २८ लडाकु मारिएका थिए।

यसपछि, अमेरिकी सेनाले सेप्टेम्बर २४ मा उत्तर-पश्चिमी सिरियामा आक्रमण गर्यो, जसमा अल कायदा समूहका नौ लडाकु मारिएका थिए।

अमेरिकी सेनाका अनुसार अलकायदा संगठनसँग सम्बद्ध हुर्रास अल-दिनका शीर्ष कमाण्डर ‘अब्द-अल-रौफ’ हमलामा मारिएका छन्। उनले सिरियामा सैन्य कारबाहीको पर्यवेक्षण गरेका थिए।

भ्वाइस अफ अमेरिकाका अनुसार सन् १९६६ को फेब्रुअरीमा सिरियामा ‘कु’ भएको थियो। त्यसबेला सिरियाली वायुसेनाका कमाण्डर हाफिज असद पनि यसमा संलग्न थिए। विद्रोहपछि हाफिजलाई सिरियाको रक्षामन्त्री बनाइएको थियो।

असोज १३, २०८१ सोमबार १४:०३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।