काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना

काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना

काठमाडौं : काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना भएको छ।

ग १ ख ४५३५ नम्बरको माइक्रो छहरे-टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिकाको अदुवाबारी मोडमा दुर्घटनाग्रस्त भएको जिल्लाम प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीका अुनसार दुर्घटनामा तीन जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ। माइक्रोबसमा १६ जना यायु सवार रहेको डिएसपी भारतीले बताए।

नागढुङ्गाको बाटो बन्द भएपछि अधिकांश सवारी साधन यतिबेला नुवाकोटको छहरे भएर चलिरहेका छन्।

असोज १३, २०८१ सोमबार १३:१२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।