काठमाडौंको कालधारा र चन्द्रागिरीमा दुई पुरुषको शव भेटियो

काठमाडौंको कालधारा र चन्द्रागिरीमा दुई पुरुषको शव भेटियो

काठमाडौं : काठमाडौंको कालधारा र चन्द्रागिरीमा दुई पुरुषको शव भेटिएको छ।

काठमाडौं महानगरपालिका-१७ कालधारा र चन्द्रागिरी नगरपालिका-१५ ढुंगेअड्डामा दुई पुरुषको शव भेटिएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौं महानगरपालिका-१७ कालधारा डेरा गरी बस्ने ३० वर्षीय गोबिन्द ओलीको कोठामा उनकै साथी उदयपुर गाईघाट घर भएका २७ वर्षीय बिनोद बिष्ट आइतबार मृत अवस्थामा फेला परेका हुन्।

यसैगरी, चन्द्रागिरी नगरपालिका-१५ ढुंगेअड्डास्थित कटेजमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असोज १३, २०८१ सोमबार १२:४०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।