सात दिनभित्र लाभग्राही पहिचान गरी तीन दिनभित्र पहिलो किस्ता राहत रकम वितरण गर्ने सरकारको निर्णय

सात दिनभित्र लाभग्राही पहिचान गरी तीन दिनभित्र पहिलो किस्ता राहत रकम वितरण गर्ने सरकारको निर्णय

काठमाडौं : गएको बिहीबार रातिदेखिको भारी वर्षासँगै बाढीपहिरो र डुबानका कारण भएको जनधनको क्षतिमा सरकारले एकद्वार प्रणलीबाट राहत वितरण गर्ने निर्णय गरेको छ।

गृहमन्त्री नेतृत्वको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको सोमबार बसेको बैठकबाट सात दिनभित्र लाभग्राही पहिचान गरी तीन दिनभित्र पहिलो किस्ता राहत रकम वितरण गर्ने निर्णय गरेको छ।

विपदमा मृत्यु भएका व्यक्तिका परिवारलाई विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम बेपत्ता भएका व्यक्तिका परिवारलाई नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१ असार ३१ गतेको निर्णय नं (ख) बमोजिम राहत रकम उपलब्ध गराउने निर्णय पनि समितिले गरेको छ।

विपद् पश्चात फैलिन सक्ने महामारीको आँकलन गरी महामारीजन्य रोग फैलन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविरहरू लगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ।

असोज १३, २०८१ सोमबार १२:२५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।