नेपालले प्रकोपबाट भोगेको क्षतिप्रति पाकिस्तानी प्रधानमन्त्री दुःखी, सहयोग गर्न तयार

नेपालले प्रकोपबाट भोगेको क्षतिप्रति पाकिस्तानी प्रधानमन्त्री दुःखी, सहयोग गर्न तयार

काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले नेपालमा पछिल्लो वर्षातले गरेको विनाश र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट गरेका छन्।

सरिफले २ वर्षअघि आफ्नो देशले यस्तै बाढीबाट ठूलो क्षति भोग्नुपरेको स्मरण गर्दै पाकिस्तानले यो अवस्थामा नेपालसँग ऐक्यवद्धता जाहेर गर्दै आवश्यक सहयोगको लागि तयार रहेकाे बताएका छन्।

केही दिनअघिमात्र न्युयोर्कमा दुई प्रधानमन्त्रीबीच वार्ता भएको थियो।

असोज १३, २०८१ सोमबार १२:१२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।