एनएमबि बैंकद्वारा विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन

एनएमबि बैंकद्वारा विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन

काठमाडौं : एनएमबि बैंकले बैंकको ग्राहक तथा समुदायका सदस्यहरूलाई मध्यनजर गर्दै असोज १३ गते विश्व मुटु दिवस, २०२४ को अवसरमा बैंकको ग्राहकहरू र समुदायमा रहेका सदस्यहरूलाई मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

एनएमबि बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने विश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो।

उक्त कार्यक्रमा स्वास्थ्यकर्मी र विशेषज्ञहरुले साधारण स्वस्थ्य परिक्षण गरि मुटुलाई स्वस्थ राख्नका लागि  आवश्यक केही महत्वपूर्ण जानकारीहरु उपलब्ध गराए। साथै, यसै कार्यक्रको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जिवनयापन र नियमित स्वास्थ्य परीक्षणको महत्व बारे जानकारी प्रवाह गरियो।

दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ। एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

असोज १३, २०८१ सोमबार ११:४०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।