राजमार्गमा अलपत्र यात्रुलाई गन्तव्यमा पठाउन सडक सुचारु गर्ने प्राधिकरणको निर्णय

राजमार्गमा अलपत्र यात्रुलाई गन्तव्यमा पठाउन सडक सुचारु गर्ने प्राधिकरणको निर्णय

काठमाडौं : मनसुनजन्य विपद्का कारण बाढी र पहिरो आएर राजमार्गहरूमा अलपत्र यात्रुलाई तत्काल गन्तव्यमा पठाउने निर्णय गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले अवरुद्ध सडक सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यवस्था मिलाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए।

गृहमन्त्री रमेश लेखक नेतृत्वको बैठकले खोज तथा पुनर्स्थापना लागि रेडक्रस र अन्य साझेदार संस्थाहरूबाट सहायता परिचालन गर्ने निर्णय गरेको छ।

त्यस्तै, सम्भावित महामारी आकलन गरेर महामारी फैलन नदिने गरी स्वास्थ्य मन्त्रालयले जनचेतना फैलाउने निर्णय गरेको छ।

असोज १३, २०८१ सोमबार ११:३०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।