मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिइने

मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिइने

एजेन्सी : बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरिएको छ।

केन्द्रीय सूचना र प्रसारण मन्त्री अश्विनी वैष्णवले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्।

उनले एक्समा लेखेका छन्, ‘दादा साहेब फाल्के चयन निर्णायक मण्डलले महान अभिनेता मिथुन चक्रवर्तीलाई भारतीय सिनेमामा उनको महत्वपूर्ण योगदानको लागि यो सम्मान दिने घोषणा गरेको छ।’

चक्रवर्तीलाई अक्टोबर ८ मा हुने ७०औं राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यो सम्मान प्रदान गरिने छ।

मिथुन चक्रवर्ती हालैका वर्षहरूमा भाजपाको नजिक आएका छन् र चुनावमा भाजपाको लागि प्रचार पनि गरिरहेका छन्।

यो पुरस्कार भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको नाममा दिइन्छ। दादासाहेब फाल्केको पूरा नाम धुण्डिराज गोविन्द फाल्के थियो।

असोज १३, २०८१ सोमबार १०:५५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।