चाडबाडमा नेपाल टेलिकमले ल्यायो दशैं अफर, इन्टरनेटको ब्यान्डविथ थपदेखि ४५ जीबी डाटासम्मको सुविधा

चाडबाडमा नेपाल टेलिकमले ल्यायो दशैं अफर, इन्टरनेटको ब्यान्डविथ थपदेखि ४५ जीबी डाटासम्मको सुविधा

काठमाडौं : दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि नेपाल टेलिकमले ‘दशैं अफर २०८१’ उपलब्ध गराएको छ।

अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू असोज १३ गतेदेखि प्रारम्भ भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछन्।

अफर अन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराइएको छ। ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटारकम्बो प्याकेजहरूमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ।

यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवं प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ। साथै एफटीटीएच नयाँ जडानमा जडान शूल्क पाँच सय रुपैयाँ मिनाहा समेत गरिएको छ।

यसै गरी दशैं अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि रु. ७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ।

साथै रु. २५० मा एक हजार मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र रु. ९९ मा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ।

यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ।

आगामी कार्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ।

असोज १३, २०८१ सोमबार १०:५०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।