प्रभु बैंकका ग्राहकको उपचारमा भरतपुर मेडिकल कलेजमा २० प्रतिशत छुट

प्रभु बैंकका ग्राहकको उपचारमा भरतपुर मेडिकल कलेजमा २० प्रतिशत छुट

काठमाडौं : प्रभु बैंकका ग्राहकलार्ई चिवतनको भरतपुर मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस)मा २० प्रतिशत छुट हुने भएको छ।

त्यसका लागि बैंकका बागमती प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र भरतपुर मेडिकल कलेजका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानबीच असोज १३ गते सम्झौतापत्रमा हस्तााक्षर भएको हो।

सम्झौतापछि अब प्रभुा बैंकका मेडिकल कलेजमा उपचार गर्दा प्रभु बैंकका ग्राहकहरुले औषधि, सिटी स्क्यान, एमआरआई बाहेकका सम्पूर्ण सेवामा २० प्रतिशतसम्मको छुट पाउने छन्।

त्यसका लागि प्रभु बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ।

असोज १३, २०८१ सोमबार १०:३३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।