टोटनह्यामसँग म्यानचेस्टर युनाइटेड ३-० ले पराजित

टोटनह्यामसँग म्यानचेस्टर युनाइटेड ३-० ले पराजित

काठमाडौं : इङ्लिस प्रिमियर लिगको आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई टोटनह्यामले ३-० गोल अन्तरले पराजित गरेको छ।

भ्रमणकारी टोलीले शानदार प्रदर्शन गर्दै ओल्ड ट्रायफोर्डमा भएको खेलमा १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई ३-० गोलले पराजित गरेको हो।

खेलको तेस्रो मिनेटमा ब्रेना जोन्सनको गोलबाट टोटनह्यामको दबदबा सुरु भएको थियो। मिक्की भान डी भेनले बनाएको मुभमा जोन्सनले गोल गरेका थिए।

४२औं मिनेटमा ब्रनो फर्नान्डेजले रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेडलाई थप धक्का लागेको थियो।

दोस्रो हाफको दोस्रो मिनेटमा नै डेजान भुलिभ्सेस्कीको गोलमा टोटनह्यामले अग्रतालाई दोब्बर पारेको थियो।

खेलपछि टोटनह्याम आठौं स्थानमा छ भने म्यानचेस्टर युनाइटेड बाह्रौं स्थानमा छ। 

असोज १३, २०८१ सोमबार ०९:१८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।