सुनिता र बुचलाई लिन अन्तरिक्ष पुग्यो ‘ड्रागन’ यान, तर तत्काल नफर्किने

सुनिता र बुचलाई लिन अन्तरिक्ष पुग्यो ‘ड्रागन’ यान, तर तत्काल नफर्किने

एजेन्सी : अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान त्यहाँ पुगेको छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्सको रकेटले ड्र्यागन अन्तरिक्ष यानलाई आईएसएसमा पुर्याउन मद्दत गरेको र त्यससँग सफलतापूर्वक जडान भएको पुष्टि गरेको छ।

यस अन्तरिक्ष यानबाट दुई अन्तरिक्ष यात्री आईएसएस पुगेका छन्, जबकि दुईवटा सिट खाली छोडिएको छ जसबाट विलियम्स र विल्मोर पनि फर्कनेछन्।

अब यी अन्तरिक्ष यात्रीहरूले आगामी पाँच महिना अन्तरिक्ष अनुसन्धान कार्यमा बिताउनेछन्।

यसै वर्षको जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आठ दिनसम्म अन्तरिक्षमा गएका यी दुई अन्तरिक्ष यात्री विमानमा खराबीका कारण पृथ्वीमा फर्कन सकेनन्।

अब सुनिता विलियम्स र बुच विल्मोरलाई फेब्रुअरीमा स्वदेश ल्याउने योजना छ।

जुन ५ मा अन्तरिक्ष स्टेशनका लागि उडान भरेका सुनिता र बुच ६ जुनमा आईएसएस पुगेका थिए। उनीहरू १३ जुनमा फर्कने तालिका थियो। तर, नासाको बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा प्राविधिक गडबडीका कारण उनीहरू नफर्किएका हुन्।

यो पनि:-

असोज १३, २०८१ सोमबार ०८:२८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।