कतारको दोहामा छन् प्रधानमन्त्री ओली

कतारको दोहामा छन् प्रधानमन्त्री ओली
फाइल

अमेरिका : संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा आज कतारको दोहा प्रस्थान गरेका छन्।  

संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा भएको महासभाका कार्यक्रम सम्पन्न गरी उनी हार्वड विश्वविद्यालयको कार्यक्रमका लागि शुक्रबार बोस्टन आइपुगेका हुन्। 

प्रधानमन्त्री ओलीलाई लोगन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेललगायतले बिदाइ गरेका थिए। 

उनी सोमबार काठमाडौँ पुग्ने कार्यक्रम रहेको छ। 

असोज १२, २०८१ आइतबार २१:३५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।