घट्दैछ सप्तकोशीमा पानीको बहाव

घट्दैछ सप्तकोशीमा पानीको बहाव

राजविराज: सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ। कोशी ब्यारेज नियन्त्रण कक्षले बल्ल पानीको बहाव घट्न लागेको जनाएको हो। 

करिब छ लाख ६१ हजार क्युसेक बहाव पुगेको पानीको गति आज बिहानदेखि कम भएर छ लाख ४३ हजार रहे पनि अहिले खतरा भन्ने उच्च नै रहेको छ। ब्यारेज पुलबाट आवतजावत अहिले पनि बन्द नै छ।

शनिबार राति कोशी ब्यारेज भएर पानीको बहाव अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको थियो। बाढीको बहाव उच्च भएपछि कोशीमा सवारीसाधनको आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ। 

कोशी ब्यारेजमा पानीको बहाव बढेपछि शनिबार ब्यारेजको सुनसरीतर्फ नहरका दुई र सप्तरीतर्फ नहरका दुई गरेर ५६ वटै ढोका खोलिएको थियो।   

असोज १२, २०८१ आइतबार १६:००:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।