बाढीपहिरोको असर शेयर बजारमा पनि, नेप्से परिसूचक २२ अंकले घट्यो

बाढीपहिरोको असर शेयर बजारमा पनि, नेप्से परिसूचक २२ अंकले घट्यो

काठमाडौं :  कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छभने कारोबार रकम पनि घटेको छ।

आज परिसूचक २२ दशमलव ३६ अङ्कले घटेर दुई हजार चार सय ६४ दशमलव ४० को विन्दुमा कायम भएको छ। 

आज तीन सय २७ कम्पनीको एक करोड तीन लाख ११ हजार आठ सय ८५ कित्ता शेयर ५८ हजार चार सय एक पटक खरिदबिक्री हुँदा कारोबार रकम चार अर्ब पाँच करोड छ लाख ५८ हजारमा खुम्चिएको छ। नेप्सेमा आज भएको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो।

आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक एक दशमलव ०३ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी व्यापार समूह दुई दशमलव ९७ घट्यो। 

जलविद्युत् समूह दुई दशमलव ३६ प्रतिशतले घटेको छ। जसमा देशमा पछिल्लो समय बाढीपहिरोले केही हाइड्रोपावर आयोजनामा क्षति पुगेपछि समग्र सेक्टरलाई प्रभाव पारेको देखियो।

बैंकिङ शून्य दशमलव ७४, विकास बैंक शून्य दशमलव ८९, वित्त एक दशमलव ९१, होटल तथा पर्यटन एक दशमलव ४७ र लगानी समूह एक दशमलव ४० प्रतिशतले घटेको छ। 

त्यस्तै, जीवन बिमा समूह शून्य दशमलव ३१, म्युचुअल फण्ड एक दशमलव २१, निर्जीवन बिमा शून्य दशमलव १५ र अन्य समूह एक दशमलव ०२ प्रतिशतले घटेको छ।

आजको कारोबारमा ४६ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ९३ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ। वि

न नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव ६६ प्रतिशतले बढेको छ। सबैभन्दा बढी घट्नेमा अपर सारङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत रहेको छ। 

आज सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनीको १५ करोड ९२ लाख ३० हजार आठ सय २० बराबरको कारोबार भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको चार लाख ८७ हजार चार सय ४१ कित्ता शेयर किनबेच भएको छ। 

असोज १२, २०८१ आइतबार १५:४७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।