अविरलको वर्षापछि डेढ दर्जन जलविद्युत आयोजनामा क्षति, दुई अर्ब ३१ करोड नोक्सान (विवरणसहित)

काठमाडौं : निरन्तर परेको वर्षाले विभिन्न डेढ दर्जन बढी जलविद्युत आयोजनाहरूमा क्षति पुर्याएको छ।
बाढी र पहिरोका कारण निजी क्षेत्रका २० वटा आयोजनामा क्षति पुर्याएको छ। ती जलविद्युत आयोजनामा २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति पुगेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले जनाएको छ।
इप्पानका अनुसार सबैभन्दा धेरै मान्डु हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनामा पुर्याएको छ।
मकवानपुरमा रहेको उक्त आयोजनामा पावर हाउस पूर्ण रुपमा डुबेको छ भने बाँध क्षेत्रमा क्षति पुर्याएको छ। सो आयोजनामा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको हो।
माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनामा २५ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ।
उक्त आयोजनाको पावर हाउस डुबानमा परेको गरेको छ। त्यहाँ गत वर्षको बाढीले पनि क्षति पुर्याएको थियो।
सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनामा करिव ५ करोड र ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनामा करिब ७ करोड रुपैयाँ बराबर क्षति भएको इप्पानले जनाएको छ।
यस्तै, फेमे खोला जलविद्युत आयोजना १ मेगावट, पाँचथर, (बाँध र विद्युतगृह पूर्ण रुपमा क्षति) करिब १० करोड रुपैयाँ, ५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजनामा करिव दुई करोड, माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना (२१६ मेगावट, नुवाकोट) करिब १० करोड रुपैयाँ, हेवाखोला जलविद्युत आयोजना ५ मेगावट (प्रस्तावित ९.९ मेगावट) १० करोड, सभाखोला बी जलविद्युत आयोजना (१५.१ मेगावट)मा ७ करोड, सभाखोला सी जलविद्युत आयोजनामा ३ करोड, लान्द्रुक मोदी जलविद्युत आयोजनामा ८ करोड, सुपर त्रिशूली जलविद्युत आयोजनामा २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
खानीखोला जलविद्युत आयोजनामा (२ मेगावट, ललितपुर) पावर हाउस डुबेको, प्रसारण लाइनको टावर ढलेको, स्व्ीचयार्डमा क्षति भएको, ड्याम र हेडरेस टनेलमा क्षति भएको, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद हुँदा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ।
टुङ्गुन ठोस्ने जलविद्युत आयोजनामा करिब १५ करोड, माया खोलामा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
यता, लाङटाङ खोला जलविद्युत आयोजनामा बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति भएको छ। क्षतिको रकम एकिन हुन बाँकी छ।
पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना, साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको भने क्षति एकिन हुन बाँकी रहेको इप्पानले जनाएको छ।
असोज १३, २०८१ आइतबार १५:३९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।