बाढीपछि थापाथलीस्थित सुकुम्बासी बस्तीमा जे देखियो...(तस्बिरहरू)

बाढीपछि थापाथलीस्थित सुकुम्बासी बस्तीमा जे देखियो...(तस्बिरहरू)
तस्बिर : नेपाल न्युज बैंक

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षापछि शुक्रबार बाढी र डुबानले बितण्डा मच्चायो। विगतको तुलनामा यस वर्ष अत्यधिक वर्षा भइरहेको छ भने विपद्जन्य घटनाका कारण धेरै मानवीय र भौतिक क्षति पनि व्यहोर्नु परिरहेको छ। 

काठमाडौंमा केही दिन अघिसम्म परेको पानीले बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आयो। बाढी मात्रै आएन, नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरूमा बाढी नै पस्यो। 

बाढीका कारण नदी किनार छेउका बस्तीहरू डुबानमा परे। अझै पनि सो बस्तीहरूमा पसेको बाढी, हिलो सफा गरिसकेको अवस्था छैन। 

असोज १२, २०८१ आइतबार १४:३८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।