झ्याप्लेखोलाको पहिरोबाट विहानदेखि थप १५ जनाको शव निकालियो

काठमाडौं : नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोबाट थप १५ शव निकालिएको छ।
गोरखाबाट काठमाडौं आउँदै गरेको बससहित केही साना गाडी पनि पुरिएको आशंका प्रहरीले गरेको छ।
उद्धारमा खटिएका प्रहरीका अनुसार बससहित थप एउटा हायस गाडी पुरिएको पाइएको छ।
आइतबार बिहानदेखि अहिलेसम्म १५ शव फेला परेको धादिङ प्रहरीले जनाएको छ।
उक्त पहिरो हिजोदेखि नै पन्छाउने काम भइरहेको छ। सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ।
यसअघि शनिबार उक्त पहिरोमा परेर १४ जनाको शव फेला परेको थियो। उक्त शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ।
असोज १३, २०८१ आइतबार १२:२३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।