दशैंका लागि सुकिला नोट आजबाट वितरण थालिने

दशैंका लागि सुकिला नोट आजबाट वितरण थालिने

काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैंको लागि आजदेखि सुकिला नोट वितरण गर्ने भएको छ।

हरेक वर्ष दशैंका लागि नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने भएको हो।

आजदेखि सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यलय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सक्नेछन्।

दशैं-तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ।

खर्चको व्यवस्थापन गर्न राष्ट्र बैंकले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो।

५, १० २०, ५० र १०० दरका एक-एक सेट सुकिला नोट साट्न सकिनेछ।

असोज १२, २०८१ आइतबार ११:०२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।