विपद्को घडीमा एनसेल : बाढी र पहिरो प्रभावित क्षेत्रमा शनिबार विहानैदेखि निःशुल्क डेटा

विपद्को घडीमा एनसेल : बाढी र पहिरो प्रभावित क्षेत्रमा शनिबार विहानैदेखि निःशुल्क डेटा

काठमाडौं : देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौं नेपालीहरूले सामना गर्न परेको यस कठिनाइ घडी र व्यापक क्षतिप्रति हामी चिन्ता व्यक्त गर्दै एनसेलले नि:शुल्क डेटा उपलब्ध गराएको छ।

भारी वर्षाका कारण भएको कठिन परिस्थितिलाई ध्यानमा राख्दै शनिबार विहानदेखि बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराएको हो।

यसले परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहन, महत्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगको लागि सम्पर्क गर्न र सुरक्षित रहन सहयोग पुर्याउने एनसेलले जनाएको छ।

निःशुल्क डेटा उपलब्ध गराउनुका साथै, कम्पनीले हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने समेत प्रतिबद्धता व्यक्त गरेको छ।

विपद्को समयमा आफूहरू जनताको साथमा रहेको र आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको समेत एनसेलले एक विज्ञप्तिमार्फत जनाएको छ। 

असोज १२, २०८१ आइतबार १०:०८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।