बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता

बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौं : बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन्। विपद्मा परी १०१ जना घाइते भएका छन्।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ तथा सोलुखुम्बु, पाँचथर र भक्तपुरमा पाँच-पाँच जनाले ज्यान गुमाएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुली, धनकुटा र महोत्तरीमा दुई-दुई तथा रामेछाप, झापा, उदयपुर, इलाम र नुवाकोटमा एक-एक जनाको मृत्यु भएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए।

असोज १२, २०८१ आइतबार ०९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।