एकै दिन दुईटा सर्वदलीय बैठक : एउटा प्रचण्डको, अर्को प्रकाशमानको

एकै दिन दुईटा सर्वदलीय बैठक : एउटा प्रचण्डको, अर्को प्रकाशमानको

काठमाडौं : अविरल बर्षापछि आएको बाढी, पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न एकै दिन दुईटा सर्वदलीय बैठक आह्वान भएको छ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विहान १० बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालय सर्वदलीय बैठक आह्वान गरेका हुन्।

त्यसपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले दिउँसो १ बजे बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरेका छन्।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ। केही जिल्लामा ठूलो मानवीय क्षति भएको छ। सडक, पुलपुलेसा पनि भत्किएका छन्।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ। केही जिल्लामा मानवीय क्षति भएको छ। सडक, पुलपुलेसा पनि भत्किएका छन्।
 

असोज १२, २०८१ आइतबार ०८:०७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।