अपडेट : बाढी पहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता

अपडेट : बाढी पहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं : लगातारको झरिपछि आएको बाढी पहिरो र डुबानबाट देशभर मृत्यु हुनेको संख्या ९९ पुगेको छ।

विपद्मा परि ७२ जना बेपत्ता र र एक सय जना  घाइते भएका गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौंका २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जना रहेका छन्।

मनसुको प्रभाव नसकिएकाले अझै विपद्का घटनाहरू हुने भएकाले आवश्यक सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

असोज १२, २०८१ आइतबार ०७:४७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।