कार्यवाहक प्रधानमन्त्री सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

कार्यवाहक प्रधानमन्त्री सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्नेछ।

अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ। केही जिल्लामा ठूलो मानवीय क्षति भएको छ। सडक, पुलपुलेसा पनि भत्किएका छन्।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ। केही जिल्लामा मानवीय क्षति भएको छ। सडक, पुलपुलेसा पनि भत्किएका छन्।

यात्राका क्रममा अलपत्र परेकाहरुलाई उद्धार गरी गन्तव्यमा पुर्याउने प्रयास भइरहेको छ। त्यसका लागि गृह मन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ।

कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरू, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका छन्। 

असोज १२, २०८१ आइतबार ०७:४३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।