वर्षाले स्थगित भएको त्रिविको परीक्षा अब कहिले हुन्छ?

वर्षाले स्थगित भएको त्रिविको परीक्षा अब कहिले हुन्छ?

काठमाडौं : त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ। 

त्रिविले आज सूचना जारी गरी यही असोज १० देखि सञ्चालनमा रहेको मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्काय  विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८०, आंशिकतर्फको बिए, बिएड, बिबिएस र बि.एस्सीको आइतबार हुने परीक्षा स्थगित गरेको छ। 

'उक्त परीक्षाहरू यही असोज २१ गते सोही समयमा, सोही परीक्षा केन्द्रहरूमा सञ्चालन हुने गरी तोकिएको ब्यहोरा निर्देशानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ, त्रिविले भनेको छ। 

त्रिविले सम्पूर्ण केन्द्राध्यक्षलाई यही सूचनालाई आधिकारिक मानेर आइतबार हुने गरी उल्लेख गरिएका सम्पूर्ण प्रश्नपत्र प्याकेट नखोली सुरक्षित साथ यही भदौ २१ मा प्रयोग गरिदिन हुनसमेत अनुरोध गरेको छ।   

असोज ११, २०८१ शनिबार २१:५४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।