एन्फा एकेडेमीका ६ जना खेलाडी पहिरोमा बेपत्ता : ३ जनाको शव भेटियो, ३ जनाको खोजी हुँदै

एन्फा एकेडेमीका ६ जना खेलाडी पहिरोमा बेपत्ता : ३ जनाको शव भेटियो, ३ जनाको खोजी हुँदै

हेटौंडा : पहिरोमा पुरिएको आशङ्का गरिएका इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका छ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ। 

उनीहरुको सनाखत हुन बाँकी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताए। 

कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरू बेपत्ता भएका थिए। 

त्यसअघि मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ जना खेलाडी बिहीबारदेखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परी बेपत्ता भएका थिए। 

एकेडेमी प्रवक्ता सुरश साहका अनुसार वात्सल्यदेवी उच्च माविमा एन्फाले संचालन गरिरहेको आवासीय प्रशिक्षणमा रहेका अनुप घलान, हेटौंडा, साइमन योञ्जन, मकवानपुर, आदित्य बलपाकी, सर्लाही, रियान्स आचार्य, काठमाडौं, बिकल रेग्मी, बारा, दिवस बानिया, मकवानपुर पहिरोमा परेका हुन्।

उनीहरू बिहान करिब ६ः३० बजे उक्त स्थानबाट अन्यन्त्र जानेक्रममा पहिरोमा परेको एन्फाले जनाएको छ। 

उनीहरुको खोजी कार्य जारी छ।

असोज ११, २०८१ शनिबार १७:१२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।