अविरल वर्षापछि निम्तिएको विपदमा परी देशभर ४९ जनाले ज्यान गुमाए, ४० जना बेपत्ता

अविरल वर्षापछि निम्तिएको विपदमा परी देशभर ४९ जनाले ज्यान गुमाए, ४० जना बेपत्ता

काठमाडौं : दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ। त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्रै ३२ जनाले ज्यान गुमाए। 

नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन्। देशभरिमा ४४ स्थानमा मुख्य राजमार्ग अवरूद्ध भएको छ। 

प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ। अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ। 

काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन्। 

सशस्त्र प्रहरी बलले आपतकालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ।  

असोज ११, २०८१ शनिबार १६:५२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।