घर पोत्ने रातो माटो खन्न गएका आमाछोरी पाँच दिनदेखि बेपत्ता

घर पोत्ने रातो माटो खन्न गएका आमाछोरी पाँच दिनदेखि बेपत्ता

पर्वत : फलेवास नगरपालिका-१ कार्कीनेटाका आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्। 

घर पोत्ने रातो माटो खन्न गत मङ्गलबार साँझ घरबाट निस्किएका ३२ वर्षीया गङ्गा पौडेल र आठ वर्षीया दिपीका पौडेल बेपत्ता भएका हुन्। 

स्थानीय कार्कीनेटा बजारमा गङ्गा बिजुली पसल सञ्चालन गर्दै आएका श्रीमान् दीपक शर्मा विद्युत् मर्मत गर्न गाउँतर्फ गएका बेला उनीहरू घर पोत्ने माटो खन्न भिरमुनि भन्ने ठाउँमा गएका थिए। 

अबेरसम्म घर नफर्किएपछि आफन्त, इष्टमित्र मिलेर खोजी गरिएको थियो। पाँच दिनदेखि बेपत्ता उनीहरू हालसम्म फेला नपरेका गङ्गाका श्रीमान् शर्माले बताए। 

उनले बेपत्ता आमाछोरीको खोजी गर्न प्रहरीमा उजुरी दिएपछि बेपत्ता आमाछोरीको हुलियासहित खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामप्रसाद सापकोटाले बताए।

असोज ११, २०८१ शनिबार १६:४८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।