कुखुरा खाएर हैरान पारेपछि किसानले स्यालका लागि पासो थापे, पासोमा पर्यो चितुवा

कुखुरा खाएर हैरान पारेपछि किसानले स्यालका लागि पासो थापे, पासोमा पर्यो चितुवा

काठमाडौं : बैतडीमा स्थानीयहरूले स्यालका लागि थापेको पासोमा चितुवा परेको छ। 

दशरथचन्द नगरपालिका -१ गुरुखोला खालमा स्थानीयले थापेको पासोमा शुक्रबार राति १२ बजेतिर चितुवा परेको हो। 

स्यालले कुखुरा खाएर हैरान पार्न थालेपछि किसानहरूले स्यालका लागि पासो थापेका थिए। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनक ढुङ्गानाका अनुसार पासोमा परेको चितुवाको उद्धारका लागि डिभिजन वन कार्यालयको टोली र प्रहरीको टोली घटनास्थलमा खटिएको छ।
 
त्यस चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरूको टोली मगाउने काम भइरहेको छ। 

असोज ११, २०८१ शनिबार १६:१८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।