बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ३२ पुग्यो, काठमाडौंमा १० जना घाइते हुँदा ५८९ जनाको उद्धार

बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ३२ पुग्यो, काठमाडौंमा १० जना घाइते हुँदा ५८९ जनाको उद्धार

काठमाडौं : अविरल वर्षापछिको बाढी पहिरोमा परी शनिबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ। 

काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। 

काठमाडौंमा १० जना घाइते हुँदा ५८९ जनाको उद्धार गरिएको छ। ललितपुरमा ५ जना घाइते हुँदा ४१६ जनाको उद्धार गरिएको गृहमन्त्रालयको भनाइ छ। 

 भक्तपुरमा २ जना घाइते हुँदा ४८ जनाको उद्धार गरिएको छ।  

उद्धारका लागि ४ हजार ५१० जना सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ। 

असोज ११, २०८१ शनिबार १६:०१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।