वर्षापछि आएको बाढीबाट काठमाडौं उपत्यकामा मात्र २३ जनाको मृत्यु, प्रहरी भन्छ- ‘बेपत्ताको संख्या बढ्दैछ’

वर्षापछि आएको बाढीबाट काठमाडौं उपत्यकामा मात्र २३ जनाको मृत्यु, प्रहरी भन्छ- ‘बेपत्ताको संख्या बढ्दैछ’

काठमाडौं : शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २३ जनाको मृत्यु भएको छ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं, ललितपुर र  भक्तपुरमा गरेर २३ जनाको मृत्यु भएको हो। 

उनले उकेरासँग भने, ‘पनि बेपत्ता हुनेको संख्या बढिरहेको छ। विवरण आउने क्रम जारी छ। बेपत्ताको संख्या एकीन छैनन।’

उनका अनुसार पछिल्लो दुई दिनमा विपद्का घटनामा परेर ११ जना घाइते भएका छन् भने ९२८ जनाको उद्धार भएको छ।

उद्धारका तीनवटै सुरक्षा निकायका सेना, प्रहरी र सशस्त्र प्रहरीको साथम महानगर प्रहरीको टोली खटिएको छ।

अहिलेसम्म संयुक्त रुपमा चार हजार पाँच सय प्रहरी उपत्यकामा खटिएको उनले बताए।

असोज ११, २०८१ शनिबार १४:०४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।