अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा ४३ जनाको मृत्यु

अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा ४३ जनाको मृत्यु

एजेन्सी : दक्षिण-पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने लाखौं मानिस विद्युतविहीन जीवन बिताउन बाध्य छन्।

बाढीको पानीमा फसेका मानिसहरूलाई उद्धार गर्न डुङ्गा, हेलिकप्टर र ठूला सवारी साधनको प्रयोग भइरहेको अधिकारीहरूले बताएका छन्।

त्यसमध्ये टेनेसी अस्पतालको छतमा फसेका करिब ५० कर्मचारी र बिरामीलाई बाहिर निकाल्ने काम पनि भइरहेको छ।

बिहीबार राति फ्लोरिडाको तटमा ठोक्किएको हेलेन आँधी अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आँधी हो। अब यो उत्तरतर्फ जर्जिया र क्यारोलिनातर्फ सरेको छ।

आँधीका कारण अर्बौं डलरको नोक्सानी भएको बीमा कम्पनी तथा वित्तीय संस्थाहरूले बताएका छन्।

असोज ११, २०८१ शनिबार ११:१३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।