नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा सम्मानित

नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा सम्मानित

काठमाडौं : नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा सम्मानित भएको छ।

४५औं विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा सबैभन्दा बढि विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा नेपाल वायुसेवा निगमलाई सम्मान गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, राज्यमन्त्री अरुणकुमार चौधरी, तथा सचिव डा.गणेश प्रसाद पाण्डेयको उपस्थितिमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठले सम्मानपत्र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रदान गरेका हुन्।

निगमले १ अगष्ट, २०२३ देखि ३१ अगष्ट, २०२४ को अवधिमा सबैभन्दा बढि विदेशी मुद्रा १० करोड ८० लाख ४० हजार ८ सय ७६ अमेरिकी डलर आर्जन गरि देशमा विदेशी मुद्रा सञ्चिती बढाउन उल्लेखनीय योगदान पु¥याएको थियो।

असोज ११, २०८१ शनिबार ११:०२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।