काभ्रे र पाँचथरमा पहिरोले पुरिएर चार जनाको मृत्यु, धनकुटामा दुई जना बेपत्ता

काभ्रे र पाँचथरमा पहिरोले पुरिएर चार जनाको मृत्यु, धनकुटामा दुई जना बेपत्ता
एआईबाट बनाइएको तस्बिर

काठमाडौं : लगातारको वर्षापछिको पहिरोमा परेर काभ्रे र पाँचथरमा पहिरोमा परेर चार जनाको ज्यान गएको छ।

काभ्रेको तेमाल गाउँपालिका-७ का भिम बहादुर तामाङको घर पहिरोले पुरिँदा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको  प्रहरीले जनाएको छ।

त्यस्तै पाँचथरको फिदिम नगरपालिका–४ भदौरेमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ। ज्यान जानेको नाम खुल्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै काभ्रेको पनौती नगरपालिका ११ थुम्कीमा पहिरोले घर पुरिंदा पाँच जना बेपत्ता भएका छन्।

त्यसैगरी धनकुटा पाख्रिबास नगरपालिका गुँरासेका सन्तोष तामाङको घर पहिरोले पुरिँदा उनकी श्रीमती ३२ वर्षीया आशा र आमा ५० वर्षीया रामकुमारी बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ।

असोज ११, २०८१ शनिबार १०:३४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।